You are viewing the translated version of संयुक्त समितिको गठन.
Rule 33
संयुक्त समितिको गठन
(१) संविधानको धारा ९७ को उपधारा (२) बमोजिम संयुक्त समिति गठन गरियोस् भनी कुनै सदनमा प्रस्तावः प्रस्तुत गर्दा संविधान बमोजिम सो समितिका सदस्यको नामावलीसहितको प्रस्ताव पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको प्रस्ताव पारित भएपछि महासचिवले प्रस्तावको पूर्ण विवरणसहितको सन्देश अर्को सदन समक्ष पढेर सुनाउनेछ । (३) महासचिवले प्रस्तावसहितको सन्देश सदनमा पढेर सुनाए पछि कुनै सदस्यले संयुक्त समितिका लागि सो सभाका सदस्यहरुको नाम प्रस्ताव गर्न सक्नेछ ।
(४) संयुक्त समितिमा प्रतिनिधि सभाको: पाँच र राष्ट्रिय सभाको एक जनाको अनुपातमा बढीमा पच्चीस जना सदस्य रहनेछन्।